२०८३ कार्तिक १० गते सोमवार

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा,२८ चैत । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्री रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार राति १ बजेको समयमा सुतिरहेको अवस्थामा चट्याङ लागेर खत्रीको मृत्यु हो । चट्याङबाट सोहि ठाउँका १५ बर्षका नवीन खत्री र १३ बर्षीय लिला घर्ती घाईते भएका छन् ।घाईते नवीनको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको र लिला सामान्य मात्र घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।