२०८३ कार्तिक १० गते सोमवार

बाँकेमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा प्रहरीका असईको मृत्युु

बाँके, २८ चैत ।  बाँकेमा सवारी दुर्घटनामा परी नेपाल प्रहरीका एकजना असईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय बर्दीयामा कार्यरत बाँकेको कोहलपुर नगरपालिका–२ का ४५ बर्षीय प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दिया फर्किँदै गर्दा हिजो बुधबार दिउँसो २ बजेको समयमा जानकी गाउँपालिका–४ मानपुरस्थित नेपालगञ्ज गुलरिया सडकखण्डमा रोकी राखेको ट्याक्टरको ट्राली पछाडि मोटरसाइकल ठोक्किँदा उहाँ गम्भिर घाइते हुनुभएको थियो ।

घाइते बस्नेतलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्‍याइएपनी केही बेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । असई बस्नेतले चलाएको लु ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रालीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।