२०८३ कार्तिक १० गते सोमवार

रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु

रोल्पा, २५ चैत । रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका २ औल बस्ने ८० वर्षीय देवराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आज बिहान घोराहीबाट चुनबाङ पूर्वी रुकुम जाँदै गरेको रा १ ख २७७८ नम्बरको बसले घर्तीलाइ बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीका अनुसार बस रुन्टिगढी गाउँपालिका ९ का प्रकाश बोहराले चलाएको थिए । बस र चालकलाइ  प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।