२०८३ कार्तिक १० गते सोमवार

दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोबाट २४ जनाको मृत्यु

काठमाडौं, १३ चैत ।  दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर अन्यत्र गएका छन् । आगलागीबाट एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना र गाडीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

यसैबीच आगो निभाउन परिचालन भएको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आगलागीबाट झन्डै १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो डढेलो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो बनेको बीबीसीको खबरमा उल्लेख छ । डढेलो निभाउन हजारौं अग्निनियन्त्रक र झन्डै पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि प्रयोग भएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले आगलागीको सङ्कट अझै गम्भीर रहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।