सो अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका उपाध्यक्ष जोगिन्द्र बिश्वकर्माले नेतृत्व गर्ने बर्गले प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा पनि जातिय बिभेदको अवस्था आएको बताउनु भयो । बिद्यालय, मठ मन्दिरमा यस्ता कार्यक्रमहरु गर्दा यस्ले आझै प्रभावकारी हुने बताउनु भयो । यस्तै महिला अधिकारकर्मी शुष्मा गरीले अहिलेको समाजिक ब्यवस्था र परापुर्व परम्पराले नै जातिय बिवेद भोग्नु परेको हुँदा परम्परागत कुप्रथाको अन्त्य गरी सामाजिक रुपान्तरणमा जानु पर्ने बताउनु भयो । महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष पद्मा चौधरीले जातिय बिभेद पहिलेको भन्दा अहिलेको अवस्थामा केही कमी भएको तर निर्मुल नभएको बताउनु भयो जातिय बिभेदको गर्नु अपराधको हो यसलाई राजनितिक मुद्दा बनाएर अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
संवाद कार्यक्रममा बोल्दै एक दर्जन भन्दा बढी बक्ताहरुले जातिय बिभेद उन्मुलनका लागी सामुहिक पहलनै मुख्य आवस्यक्ता भएको जोड दिएका थिए । कार्यक्रममा उच्च अदालत बार तुलसीपुरका सचिव प्रकाश रेग्मी, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, प्रगतिशिल मिहला सामुदायिक संस्थाकी अध्यक्ष कमला खत्री, हिन्दु राष्ट्रिय परिषद तुलसीपुरका सचिव कृष्ण बहादुर के।सी।, दलित नागरिक समाजका संयोजक छबि परियार, नमुना महिला सांसद सिमा न्यौपाने लगाएतले आ(आफ्नो धारणा राख्नु भएको थियो । शाखा सभापती कोमल डाँगीको सभापतित्वमा भएको कार्यक्रममा शाखा उपसभापति अमृत प्रसाद शर्माको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखा सचिव माधव बस्नेतले गरेका थिए । कार्यक्रमको कार्यपत्र केन्द्रिय सचिव तुल्सीराम सुनारले प्रस्तुत गरेका थिए ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।