२०८३ जेष्ठ २३ गते शनिवार

राप्ती बबई क्याम्पसको स्ववियु सभापतीमा नेवि संघका प्रमोद भण्डारी विजयी

तुलसीपुर, ६ चैत ।  दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतीमा नेपाली काग्रेस निकट विद्यार्थी संगठन ने.वि संघका प्रमोद भण्डारी विजयी हुनुभएको छ । भण्डारी ७३७ मत प्राप्त गरी विजयी भएको राप्ती बबई क्याम्पसका निर्वाचन अधिकृत दिपक पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्दी संयुक्त विद्यार्थी प्यानलका लेखमणी खत्री (लक्ष्मण) ले ३८९ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार कोमल बहादुर वली (केबी) ले १३७ मत प्राप्त गर्नुभएको छ भने अर्का स्वतन्त्र उम्मेदवार कृष्ण केसी (डेभिड) ले २९ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा पनी ने.वि संघकै टोप बहादुर वली ६१२ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी संयुक्त विद्यार्थी प्यानलकी सोनिया थापाले ५६५ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिव पदका स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ५७ मत मात्रै प्राप्त गर्नुभएको छ ।

यस्तै कोषाध्यक्षमा पनी ने.वि संघकै शिक्षा नेपाली ५६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी सयुक्त प्यानलका तिलकराज डाँगीले ४४७ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मृदवार आसिक मियाँले ९५ मत प्राप्त गर्नुभएको छ । यसैगरी सदस्यमा पनी एकजना दिलिप शर्माबाहेक सबै ने.वि संघकै उम्मेदवार विजयी भएका छन् । संयुक्त प्यानलका शर्मा ५५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । अन्य निर्वाचित हुने ने.वि संघका उम्मेदवारहरु मनिषा चौधरीले ७६२ मत प्राप्त गर्नुभएको छ भने रुपेष चौधरीले ७५४, याम कुमारी भण्डारीले ७४६, सञ्जीव चौधरीले ७१४, ममता वलीले ७३९, करुणा नेपालीले ७१५ र लक्ष्मण वलीले ८२५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया