२०८३ कार्तिक ९ गते आइतवार

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले मुल्य घट्यो

काठमाण्डौँ, ३ चैत । नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६२ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५० रूपैयाँ पर्नेछ ।यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६३ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५१ रूपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।