२०८३ मङ्सिर ९ गते बुधवार

मापदण्ड पालना गर्न मुख्यमन्त्री आचार्यको स्वास्थ्य संस्थाहरूलाई निर्देशन

तुलसीपुर, १९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । राप्ती लाइफ केयर हस्पिटल प्रालिको १७ औ वार्षिकोत्सव तथा नवनिर्मित  भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जोड दिनुभयो ।’यो अस्पतालले निति, नियम, मापदण्ड पालना गरेको कुरा प्रतिवेदनबाट जान्न पाइयो । भविष्यमा पनि सरकारले बनाएको मापदण्ड अनुसार अघि बढ्ने छ, उहाँले भन्नुभयो–’ जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी छ ।

उहाँले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पु¥याउने नीति लिएको बताउनुभयो । उपचार सेवा मात्र होइन, स्वास्थ्य र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो,’स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । त्यसैले राज्यका नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै निजी क्षेत्रका अस्पतालहरू अघि बढ्नुपर्छ । प्रदेश सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरु हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्छ। निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै, नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध छ ।

भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा गरेको ठूलो लगानीका कारण पश्चिम दाङका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाएको  चर्चा गदै सेवालाई अझै विस्तार प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेस आचार्य, नेपाली काँग्रेसका सभापति सुरेश हमाल, नेकपा एमालेका दुजमान भण्डारी वर्षात, माओवादीका शेषुराम भण्डारी, नयाँशक्तीका मोति रिजाल, सिटिइभिटीका लुम्बिनी प्रदेश प्रमुख यादव सुवेदी, खेलकुद परिषदका किरण गौतम, निजी हस्पिटल एशोसियसनका जिल्ला अध्यक्ष बलाराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका प्रवन्ध निर्देशक जीवन भण्डारीले गर्नुभएको थियो । सो अवसरमा अस्पतलामा अध्यनरत छात्रछात्राहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।