२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा एक महिला मृत फेला

तुलसीपुर, १७ फागुन ।  दाङको तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथमा सिता पोख्रेल, बर्ष ४०, बिरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत ठेगाना लेखिएको कागज भेटिएको छ । उक्त पोलिक्लिनिकको कागज हेर्दा महिलाको ठेगाना सुर्खेत हुनसक्ने अनुमान गरिएको छ । तुलसीपुर–३ राम्रीस्थित भित्री कच्ची सडकमा आज बिहान उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

स्थानिय मिलन घर्तीका अनुसार घटना गएरातीको हुनसक्ने अनुमान गरिएको छ । अहिले प्रहरी चौकी गोटिखोलाको प्रहरीले घटनास्थल सुरक्षीत राखेको छ । मृतकका आफन्तलाई सम्पर्क गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोजराज खत्रीले बताउनुभयो । अहिलेसम्म आफन्त कोही पनि सम्पर्कमा नआएको भन्दै उहाँले केही समयसम्म आफन्तसँग सम्पर्क हुन नसकेपछी प्रहरीले प्रकृया अगाडी बढाउने बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।