२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

तुलसीपुर, १५ फागुन ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका एकजनाको मृत्यु भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमिखोला नजिकै हिजो साँझ सवा ७ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर–८ निवासी ४८ बर्षीय लक्ष्मी प्रसाद चौधरी र मोटरसाइकलमा पछाडी सवार रहेका तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरी गम्भिर घाइते हुनुभएको थियो ।

घाइते मध्य तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरीको उपचारकै क्रममा गएराती २ बजेको समयमा नर्सीङहोम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । अर्का घाइतेको अहिले उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।