२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते

तुलसीपुर, १३ फागुन ।  दाङको तुलसीपुरमा अटो पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–७ निवासी ४८ बर्षीय चिरणजिवी गौतम र अटोमा सवार रहेकी सोही ठाउँकी १७ बर्षीया भावना कृति पराजुली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट गणेशपुरतर्फ जादै गरेको लु १ ह ८७८ नम्बरको अटो गणेशपुर नजिकै आज बिहान साढे ८ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।