प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पती मृत फेला परेका छन् । रातापानीका ६० वर्षिय रामबहादुर परियार र ५६ वर्षिया हुकुमा परियार आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो । दुवैको टाउकोमा चोट देखिएको छ । घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली खटिएको छ । शुक्रवार राति खाना खाएर सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई हिजो दिउँसो साढे १२ बजे मात्र घटनाको जानकारी प्राप्त भएको थियो ।।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।