२०८३ कार्तिक १० गते सोमवार

पूर्व मुख्यमन्त्री चौधरीले भने : ‘महोत्सवमा बाहिरका भन्दा स्थानीय कलाकारलाई स्थान दिनुपर्छ’

दाङ,१० फागुन ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्थानीय कलाकारलाई केन्द्रिय रङ्गमञ्चमा जोड्नेगरी आफ्ना कलमहरू चलाउन लाग्न आग्रह गर्नुभएको छ । अन्य क्षेत्रमा आलोचना र कटुता भएपनि फिल्म, गितसंगित, नृत्य लगायतका रङ्गमञ्चमा आलोचना र कटुता नभएको उहाँले बताउनुभयो । चलचित्र पत्रकार संघ दाङ शाखाको १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास नगर्दासम्म चलचित्र क्षेत्रको विकास नहुने बताउनुभयो ।

‘तुलसीपुरमा संचालन हुने मेला महोत्सव देख्छु । सारा बाहिरका मात्रै कलाकार आँउछन् । यहाँका कलाकारले स्थान पाउँदैनन् । यहाँका कलाकारले कसरी स्थान पाउन सक्छन् । यस क्षेत्रलाई कसरी कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । यसमा पनि पत्रकारहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’ पूर्व मुख्यमन्त्री चौधरीले भन्नुभयो ।

सामाजिक तथा संस्कृति रूपान्तरणमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले लुम्बिनी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय पूर्व अध्यक्ष विपुल पोख्रेलले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएर समाजको ऐना भएको बताउनुभयो ।  चलचित्रले समाजका यथार्थ घटनाहरू पर्दामा उतारेर दर्शकसम्म पु¥याउने काम गर्ने भएकाले त्यस क्षेत्रको पर्यटकीय तथा सांस्कृतिक विकास समेत यसको महत्वपूर्ण भूमिका रहने पोखरेलले बताउनुभयो ।

चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुव राज न्यौपानेले ठूलो लगानीमा निर्माण भइरहेका र निर्माण हुने क्रममा रहेका फिल्ममाथि सनकका भरमा लगाइने प्रतिबन्धले आशा भन्दा पनि निराश जगाउने काम गरेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो ।  दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी,  रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमरजा वली, रासस दाङका प्रमुख नारायणी आचार्य, फोनिज दाङका अध्यक्ष दिप्तीशीखा चौधरी तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम, पत्रकार चेतन रेग्मी लगायतले आ–आफ्ना धाराना राखेका थिए ।

विभिन्न व्यक्तीलाई सम्मान तथा पुरस्कृत      संघको १६ औं वार्षिक साधारणसभामा विभिन्न पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।  कला, साहित्य, एवं पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, सम्वद्र्धन र विकासमा  महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार ओपेन्द्र बस्नेत, बालाराम खडका, गोपाल शर्मा भट्टराई, लिला शाह, अमरक्षितीज भण्डारीलाई सम्मान गरिएको हो ।

त्यसैगरी पत्रकारहरु धुव्रराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो ।  दाङ शाखा उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।