काठमण्डौ, १० फागुन । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको छ । चारै जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा सात जना घाइते भएका छन् ।।
प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।