२०८३ कार्तिक १० गते सोमवार

पत्रकार एच.आर. मगरद्धारा जन्मदिनको अवसरमा आगलागी पिडितलाई सहयोग

दाङ, १० फागुन ।  दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच.आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गर्नूभएको छ । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई हिजो शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नूभएको हो । आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा रहेको अवस्था उनीहरूलाई थोरै भएपनि राहत पुगोस्, भन्ने उद्देश्यले थोरै सहयोग गरेको उहाँले बताउनुभयो । विगतका वर्षहरूमा जन्मदिन विभिन्न समाजिक कार्य गरि मनाउने गरेकोमा यस पटक सल्यान जिल्लामा भएको घटनाले मलाई निकै दुखी बनाएकाले फजुलमा बाहिर खर्च गर्नुभन्दा आगलागी पीडितलाई सहयोग गरेको उहाँको भनाई छ ।

यस्तै उहाँले आगलागी पीडितहरूलाई सहयोग गर्न समेत सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,– व्यवसायीहरू भएपनि उनीहरु पीडित भएका छन् । उनीहरूको पीडामा हामी सबैले साथ दिनुपर्छ । यसमा त झन राज्यले चासो दिनु पर्ने हो । ’ यस्तै उहाँले यस्तो मेला महोत्सव सञ्चालन गर्दा अब आयोजकहरूले विशेष ध्यान दिनु पर्ने समेत बताउनुभयो । आफ्नो जन्मदिनको अवसरमा मगरले आगलागी पीडितहरूलाई सहयोग गरेको भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यान अध्यक्ष तथा महोत्सव संयोजक प्रेमनारायण विकले धन्यवाद व्यक्त गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।