सामुदायिक विद्यालयमा पढेर अंगे्रजी जान्दैन भन्ने भ्रमलाई चिरेर राम्रो र गुणस्तरीय जुनसुकै ठाउँमा गएपनि क्षमतामा टिक्ने र विक्ने विद्यार्थी उत्पादन गर्दै अगाडि बढ्न विद्यालयलाई सुझाव दिनुभयो । विद्यार्थी भर्ना गर्दा प्रतिस्पर्धात्मक रुपमा गर्ने गरी पढाईमा गुणस्तर ल्याउन विद्यालयलाई चौधरीको सुझाव थियो । उहाँले विद्यालयप्रति योगदान पु¥याउने शिष्टविशिष्ट व्यक्तिलाई सम्मान गर्दैगर्दा दिनभरी गिट्टी कुटेर छोराछोरीलाई विद्यालय पठाउने अभिकावकलाई पनि सम्मान गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि पूर्व सभासद् तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीले कस्तो विद्यार्थी उत्पादन गर्ने शिक्षक, विद्यार्थी, विद्यालय र अभिभावकको हातमा हुने बताउनु भयो । त्यसैले विद्यार्थीले के चाहन्छ त्यो मनोभावना बुझेर अध्ययन अध्यापन गराउन शिक्षक र अभिभावकलाई सुझाव दिनुभयो । सबै विद्यार्थीको क्षमता, रुचि एउटै नहुने भन्दै विद्यार्थीको चाहना जे विषयमा छ त्यही विषयमा दक्ष हुन पनि विद्यार्थीहरुलाई उहाँले सुझाव दिनुभयो । सबै विद्यार्थी एउटै विषयमा दक्ष नहुन सक्छ, त्यसैले विद्यार्थीको चाहना अनुसार र गर्नसक्छु भन्ने आट गरेर सबैको अगाडि उभिएर बोल्न तथा आफ्नो सीप र क्षमता प्रदर्शन गर्न आग्रअ गर्नु भयो । आफ्नो पढाईको यात्रा मावि दोघरेबाटै २०३१ सालबाट सुरु भएको भन्दै ३१ सालको भौतिक संरचना र अहिलेको संरचनामा धेरै परिवर्तन नभएको भन्दै विद्यालयको बन्दै गरेको संरचनालाई पूर्णता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विद्यालयले ५० औँ वर्ष पार गर्दा पनि विद्यालयको नाममा जग्गा नहुँनु अर्को दुखद कुरा रहेको भन्दै जग्गाको समस्या समाधान गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा तुलीपुर उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख चक्र बहादुर भण्डारी, ऐन प्यापसन दाङका पूर्व अध्यक्ष मधेसुदन केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, सदस्य ओज बहादुर खड्का, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, बबइ गाउँपालिका शिक्षा महासंघका संयोजक मान बहादुर बस्नेत, मेघराज घिमिरे, तुलसीपुर, ८ का वडाअध्यक्ष धर्मराज वली, कक्षा ९ की छात्रा संगिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयको भौतिक तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक सुनिता यादवले प्रस्तुत गर्नु भएको थियो । बार्षिकोत्सव समारोहमा विद्यार्थी, शिक्षकहरुले विभिन्न प्रस्तुती समेत राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीको अभ्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सुचना अधिकारी मेघराज पोख्रेलले गर्नु भएको थियो ।।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।