२०८३ कार्तिक ९ गते आइतवार

एक हप्तामा नेपालमा ४ करोड बराबरको गुलाफको कारोबार

  काठमाडौँ, २९ माघ । एक हप्तामा नेपालमा ४ करोड बराबरको गुलाफको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालकाअनुसार एक हप्तामा ४ करोड बराबरको गुलाफको कारोबार भएको हो । नेपालमा प्रणय दिवस अर्थात भ्यालेन्टाई डे सप्ताहमा गुलाफको कारोबार बढ्ने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५ करोडको गुलाफको कारोबार भएको छ, जसमध्ये ८० प्रतिशत कारोबार एक हप्तामा भएको हो । गत वर्षको प्रणय दिवसमा ४ लाख १२ हजार वटा गुलाब खपत भएको थियो । यसपटक ४ लाख २४ हजार ९ सय वटा गुलाफ खपत हुने अनुमान एसोसिएसन छ । काठमाडौँ उपत्यकाभित्र २ लाख ५५ हजार र उपत्यकाबाहिर १ लाख ७० हजार खपत हुने आङ्कलन छ । जसमा २५ प्रतिशत मात्रै आन्तरिक उत्पादनले धान्ने एसोसिएसनका महासचिव हिरामणि शर्माले बताउनुभयो । एक वर्षमा गुलाफको कारोबार २५ प्रतिशतले बढेको छ ।  

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।