दाङ, २६ माघ । रोल्पामा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन् । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–२ घोरनेटा निवासी २९ बर्षीया सीता खड्का वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक बिजय चापागाईले जानकारी दिनुभएको छ । यस्तै दुर्घटनामा परी उहाँकै दुईछोरा ३ बर्षीय शौरभ वली र १८ महिने सुप्रिम वली घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पाको माडी गाउँपालिका देखि दाङतर्फ आउदै गरेको लु १ च ९४०६ नम्बरको खुद्रा सामान बोकेको जिप हिजो शुक्रबार साँझ सवा ५ बजेको समयमा त्रिवेणी गाउँपालिका–७ गाङ् भन्ने स्थानमा दुर्घटनामा परेको हो । गाडीमा ५ जना सवार रहेकोमा घटनालगत्तै चालक र एकजना व्यापारी फरार रहेका थिए ।
फरार रहेका जिप चालक त्रिवेणी गाउँपालिका–१ करेटी निवासी २६ बर्षीय प्रेम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा रहेका व्यापारी मुक्तीनाथ पाण्डे भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी रोल्पा अस्पतालमा राखिएको छ । घाइते बालकलाई जिल्ला अस्पताल रोल्पामा सामान्य उपचार पछी हिजै राती साढे ८ बजेको समयमा थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकोमा त्यहा पनि उपचार सम्भव नभएपछी आज बिहान ७ बजेको समयमा बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।