२०८३ मङ्सिर ९ गते बुधवार

अरनिको मैदानमा निर्माणाधीन सार्वजनिक शौचालयको निर्माण कार्य अन्तिम चरणमा 

तुलसीपुर, २६ माघ । तुलसीपुर नगर जेसिजले अरनिको मैदानमा सुरु गरेको सार्वजनिक शौचालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब १६ लाखको लागत अनुमान गरिएको शौचालयको अहिलेसम्म ९० प्रतिशत काम पुरा भएको जेसिजका पूर्व अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिनुभयो ।

लैङ्गिकमैत्री उक्त शौचालय, एकैपटकमा ११ जनाले प्रयोग गर्न सक्नेछन् । शौचालयमा वाल, प्लास्टर र सरसफाइका लागि पानीको धारा समेत जडानको काम भएकाले अब टायल बिछ्याउनेदेखि फिनिसिङको काम मात्रै बाँकी रहेको डाँगीले बताउनुभयो ।  सार्वजनिक रुपमा रहेको अरनिको मैदानमा सरकारी स्तरबाट शौचालय बनाउने काम नभएपछि जेसिजको नेतृत्वमा समूदाय स्तरबाट निर्माणको काम सुरु गरिएको हो । हालसम्म करिब १३ लाख खर्च भइसकेको डाँगीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।