२०८३ कार्तिक १० गते सोमवार

वृद्धाभत्ता बुझेर फर्किने बेला भीरबाट लडेर एकजनाको मृत्यु

काठमाण्डौं, २३ माघ ।  गोरखामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने बेला भीरबाट लडेर भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको मृत्यु भएको हो ।

भत्ता लिन आइतवार नै घरबाट हिँडेका वृद्ध घर नफर्किएपछि खोजी गर्दा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।