२०८३ कार्तिक १० गते सोमवार

विद्यालयमा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

काठमाडौँ, २३ माघ ।  स्वीडेनको केन्द्रीय शहर ओरेब्रोमा रहेको रिसबर्गस्का विद्यालय परिसरमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । गोलीबारीमा संदिग्ध आक्रमणकारीको समेत मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा एकजना मात्र आक्रमणकारी संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर ती व्यक्तिले गोली चलाउनुको कारण भने खुलेको छैन । घटनामा धेरै मानिस घाइते भएकाले मृत्यु गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।