२०८३ कार्तिक १० गते सोमवार

पश्चिम दाङमा बबई नदिमा डुबेर एकजनाको मृत्यु

तुलसीपुर, २१ माघ ।  पश्चिम दाङमा बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ का ७८ बर्षीय कुशल खड्का रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) खिम बहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजेको समयमा उनी बबई–७ स्थित बबई नदिमा मृत भेटिएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

हिजो बिहान ८ बजेको समयमा बबई गाउँपालिका–७ मा रहेको छोरीको घरमा जाने भनेर घरबाट निस्केका उनी बबई नदिमा डुबेको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव पोष्टमार्टमपछी आज आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।