२०८३ कार्तिक ९ गते आइतवार

सगरमाथा स्कुलमा फुडफेस्टिबल

तुलसीपुर, २० माघ। दाङको तुलसीपुर ९ वेलुवामा रहेको सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरुले आज आइतबार खानाको प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले आफैले तयार पारी ढि अचार, सेलरोटी लगायतका परिकार विक्री समेत गरेका छन् । बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी भविष्यमा श्रम बेचेर खान सक्ने बनाउनका लागि खानाको प्रदर्शनी गरिएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले जानकारी दिनुभयो ।

बालबालिकाको पहिलो पाठशाला घर भएकाले घरमा पनि र दोस्रो पाठशाला विद्यालय भएकाले सबै खाले संस्कार सिकाउनका लागि यस्तो कार्यक्रमको आवश्यकता मानेर विद्यार्थीहरुलाई अभ्यास मार्फत सिक्न लगाइएको बताउनु भयो । सो अवसरमा विद्यालयका प्रिन्सीपल छवी कुमार वलीले विद्यार्थीको रुचि, चाहाना र क्षमता अनुसारको शिक्षा विद्यालयले प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।