२०८३ कार्तिक ९ गते आइतवार

दाङमा लागु औषधसहित दुई जना पक्राउ

दाङ, १८ माघ । दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३, मसुरिया घर भई हाल घोराही–१३, प्रगतिटोल बस्ने २२ वर्षिय चिन्तन केसी र घोराही–१३, डुम्मरगाउँका मनोज बुढामगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दिउँसो घोराही उपमहानगरपालिका–१३, सुनगाभा टोलमा लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले केसीले जुत्ताभित्र लुकाएर राखिएको ब्राउन सुगर १९० मिलिग्राम, उनको साथबाट ४ हजार ५०० र मोबाइल फोन १ थान बरामद गरेको छ । यस्तै बुढामगरको साथबाट ६८० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । यसैगरी मोबाइल फोन १ थान र उनीहरूले प्रयोग गरेको लु १८ प ३७७० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।