२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुरको प्रधानमन्त्री रोजगारमा पुरुष भन्दा महिला धेरै

तुलसीपुर,१६ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाउनेमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । गत आर्थिक वर्ष २०८०।०८१ मा ६३ जनालाई रोजगार दिइएकोमा ४ जना मात्रै पुरुहरु रहेको रोजगार संयोजक अम्बिका पौडेलले जानकारी दिनुभयो । बाँकी ५९ जना सबै महिलाहरु नै रहेको उहाँले बताउनु भयो । शिष्टमले नंबरिङ गर्दा महिलाहरुको नंबर धेरै आउने भएकाले पुरुषको संख्या कम देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष भन्दा महिलाहरुको आवेदन पनि धेरै आउने गरेको छ तर आवेदनको आधारमा नभइ शिष्टमका आधारमा श्रमिकहरु छनोट हुने भएकाले यस्तो देखिएको हो ।

महिला भएका ५ अंक बढी र एकल पहिला भएमा फेरी ५ अंक थपिने शिष्टम भएकाले महिला भएमा १० अंक बढी हुने हुँदा महिलाको संख्या धेरै हुन गएको हो । यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रदान गर्नका लागि गरिव विपन्न परिवारका सदस्यलाई विशेष प्राथमिकतामा राखिन्छ । कम्तीमा पनि १ सय दिनको रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिने गरिन्छ । एक जनालाई सय दिन भन्दा बढी रोजगार दिन नमिल्ने प्रावधान अनुसार त्यो भन्दा कम तथा श्रमिकको उपस्थिति र योजनाअनुसार रोजगारी दिने गरिन्छ । गत वर्ष १० वटा योजनामा काम भएको रोजगार संयोजक अम्बिका पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १, ३, ८, ९, ११, १३, १७, १८, १९ नंबर वडामा विभिन्न योजना सम्पन्न भएका थिए । वडा नंबर १ मा देवस्थानदेखि हापुरकोट जाने बाटोको स्तरोन्नती, ८ मा वडा कार्यालय परिसरको पर्खाल मर्मत तथा निर्माण, ८ नंबर वडामै कट्कुइँया कुलो तथा सार्वजनिक स्थलको सरसफाई र बाटोको स्तर उन्नति, वडा नंबर ११ मा विभिन्न सार्वजनिक स्थलको मर्मत, बगैँचा निर्माण र नाला सरसफाई, १९ मा खानेपानीको मुहान संरक्षण, सामुदायिक भवन निर्माण तथा बाटोको स्तरोन्नती गरिएको थियो । यस्तै ३ नंबरमा भगवती प्राथमिक विद्यालयको पर्खाल निर्माण, मठमन्दिर निर्माण र कुलोको स्तरोन्नती तथा नाला सरसफाइ, ९ मा नवदुर्गा ग्रीन पार्कको स्तरोन्नती, १८ मा सिंचाइ कुलोको पाइप विस्तार, कुलोको सरसफाइ र वडा कार्यालय परिसर सरसफाई, १७ मा सार्वजनिक भवनको मर्मत तथा निर्माण, र सिंचाइ कुलोको स्तरोन्नती, १३ मा खानेपानीको पाइप विस्तार तथा बाटोको स्तरउन्नती गरिएको थियो । जसका लागि ६५ लाख, ४१ हजार, ६ सय ४२ रुपैयाँ बजेट रहेकोमा ४२ लाख ८ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको थियो । २२ लाख ६१ हजार २ सय ४२ रुपैयाँको भने अन्तिममा काम नभएर फिर्ता भएको थियो । श्रमिकलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले पारिश्रमिक दिइएको थियो ।यस वर्षका लागि भने श्रमिकहरुको नामावली छनोट गरेर र योजना मागको लागि निवेदन वडामा पठाइसकेको संयोजक पौडेलले बताउनुभयो । उहाँले वडाले योजना ल्याएर उपमहानगरपालिकामा पेश गरेपछि काम सुरु हुने बताउनुभयो ।। रोजगारमा संलग्न कसरी हुने ? प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने रोजगारमा सहभागी हुनका लागि आगामी आर्थिक वर्षमा संलग्न हुन चाहने १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिहरुले चालु आर्थिक वर्षको फागुन महिनाभित्र सम्बन्धित वडा कार्यालयमा गई बेरोजगार फाराम भर्नु पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ मा उल्लेख गरिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।