रुपन्देही,११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुने तयारी छ । रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएपनि पीडित पक्षको दुई वकिलले बहस गर्न बाँकी रहेकाले आज उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको हो ।
सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने अस्ति बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित हुनुभएको थियो । बुटवलपछि लामिछाने चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सामा लामिछानेले सरकारी वकिलसमक्ष बयान दिइसक्नुभएको छ ।
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।