काठमाण्डौ,३ माघ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको व्यापार विस्तारका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० नेपाल ५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान ईभी र्यालीमा सहभागी हुँदै घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्ने बताउनुभएको हो ।
घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय यात्रुवाहक गाडीसमेत बढ्दै जानुले विद्युतीय गाडीको प्रयोग वृद्धि भएको उल्लेख गर्नुभयो । विद्युतीय गाडीका लागि देशभर चार्जिङ स्टेशन लगायत आवश्यक संरचना बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।