
दाङ, २९ पौष । दाङबाट बाँके जादै गरेको मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ४९ बर्षीय घमनबहादुर शाही र धनगढी उपमहानगरपालिका–१४ का ३६ बर्षीय रुपेश बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीकाअनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बर को मोटरसाइकल बाँकेको राप्तीसोनारी–१ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा आज ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटना परी गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुका आफन्तलाई घटना बारे जानकारी गराइएको र दुबैजनाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाइएको छ ।।