२०८३ कार्तिक ९ गते आइतवार

‘रैथाने खाना’ प्रर्वद्धनका लागि खाना महोत्सव

तुलसीपुर,२९ पुष । दाङको तुलसीपुरमा ‘रैथाने खाना’ को संरक्षण र प्रवद्र्धनका लागि खाना महोत्सव भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न गरेको हो । खाना महोत्सव र माघी मिलन कार्यक्रम भएकाले थारु समुदायको परिकार ढिक्री, घोंगी, गंगटा, लसुनको चट्नी, अन्दीको चामलबाट बनेको जाँरको झोल लयागतका परिकारको प्रदर्शन गरिएको छ , यस्तै खस जातीको खाना खिचडी, तरुल, गंजी, कोदोको ढिडा, सातु पेडा, लोकल मासु लयागतका खाने कुराहरुको प्रदर्शन गरिएको छ ।

यस्तै विभिन्न लोपन्मुख नाचहरु लहरे नाच, थारु समुदायको नाच पनि प्रस्तुत गरिएको हो ।

पछिल्लो समय पुराना पूर्खादेखि चलि आएको चलन अनुसारका खानाहरु लोप हुन थालेको भन्दै यसको प्रवद्र्धन गर्ने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको होटेल व्यवसायी समिति तुलसीपुरका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा भएको दोस्रो रैथाने खाना महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परम्परागत परिकारको प्रदर्शर्नीे र सहभागीलाई रैथाने खानाको स्वाद चखाएको उहाँले बताउनुभयो । हराउँदै गएका परम्परागत परिकारहरूको महत्व झल्काउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन रैथाने खाना महोत्सवको आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकराम खड्काले स्थानीय परम्परागत खानालाई आम्दानीसंग जोड्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय कला संस्कृति र खानामार्फत पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ का अध्यक्ष विरेन्द्र शाह, ७ का अध्यक्ष राम बहादुर जिसी, तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, मानव अधिकारकर्मी शुशील बस्नेत, लगायतले बोल्नु भएको थियो ।

महोत्सव तथा माघी मिलन कार्यक्रम समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्कको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समितिका उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेमप्रकाश मल्लले गर्नुभएको हो ।।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।