२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुल्यो

तुलसीपुर, २४ पौष ।  दाङको तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुलेको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ३९ बर्षीया तिर्सना घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतकका बुबा प्रेम बहादुर थापा र छोरा नबिन घर्तीले दिउँसो सवा ३ बजेको समयमा सनाखत गरेको प्रहरीले जनाएको छ । तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा गम्भिर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा बसले ठक्कर दिएको हो । ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।