२०८३ कार्तिक १० गते सोमवार

तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, १८ पौष ।  दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ७० बर्षीय टेक बहादुर गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरको बिरेन्द्र चोकबाट बसपार्कतर्फ जादै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले विपि चोक नजिकै पैदल हिडिरहेका गिरीलाई आज बिहान पौने १० बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका गिरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सिङ होम रिफर गरिएकोमा उपचारकै क्रममा उनको आज दिउँसो साढे १ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । ठक्कर दिने ट्रकसहित चालक घोराही उपमहानगरपालिका–१४ का ४५ बर्षीय प्रेम बहादुर सुनारलाई नियन्ञणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।