२०८३ कार्तिक १० गते सोमवार

माघको पूर्व सन्ध्यामा माघ महोत्सवमय बन्दै दाङ 

तुलसीपुर, १६ पुष । थारु समुदायको नयाँ वर्ष अर्थात माघको पूर्वसन्ध्यामा हुने माघ महोत्सव तथा माघ विशेष सांस्कृतिक कार्यक्रम सुरु भएको छ । माघ आउन अव करिब आधा महिना अझै बाँकी छ तर पनि यस वेला थारु समुदायमा माघको चहलपहन सुरु भैसकेको छ । पहिले पहिले माघमा खाने परिकारको तयारी, जंगलबाट मालुको पात टिपेर ल्याउने, मादल किन्ने तथा पुराना मादललाई सजाउने, मघौटा नाचमा आवश्यक पर्ने सम्पूर्ण हस्तनिर्मित सामग्रीहरु, लहंगा, सट्की सिलाउने, कस्तार, चट्कौली, झाली बनाउने कामले माघको झझल्को दिने गथ्र्यो भने पछिल्लो समय माघ महोत्सव तथा सांस्कृतिक कार्यक्रमले माघको झझल्को दिने गरेको छ । माघ महोत्सवका लागि यति बेला माघ महोत्सव आयोजकहरुले तयारीलाई तीव्र बनाएका छन् । तुलसीपुर–७ मोतीपुरमा रहेको एकता टोल विकास संस्थाको आयोजनामा लोपोन्मुख थारु संस्कृति कला संरक्षण अभियान वडास्तरीय कार्यक्रम सोमबार सम्पन्न भैसकेको छ । यस्तै थारु कल्याणकारिणी सभा दाङले घोराहीमा दुइदिने माघ महोत्सव आयोजना गरेको छ । सभाका अध्यक्ष अशोक चौधरीले पुस १८ र १९ गते घोराहीमा माघ महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो । थारु कला, संस्कृतिकोे संरक्षण र प्रद्धर्वन गर्ने उद्देश्यले हरेक बर्ष माघ साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

१८ गते साँझ ५ बजेदेखि धुम्रु गीत गाउँदै बजार परिक्रम गर्ने र राती १० बजेसम्म कार्यक्रम स्थलमा ढुम्रु गाउने र १९ गते मघौटा नाच गान कार्यक्रम गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसैगरी थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र नमुना भुँह्यार थान समिति तुलसीपुरको संयुक्त आयोजनामा पुस २३ र २४ गते तुलसीपुरमा माघ महोत्सव आयोजना गरिएको सभाका सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो । दंगीशरण गाउँपालिकाको आयोजनामा हेकुलीमा २६ र २७ गते, शान्तिनगर थारु समाजको आयोजनाम शान्तिनगर ५ वैशामा पुस २५ र २६ गते दुइदिने माघ महोत्सवको आयोजना गरिएको छ ।।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।