२०८३ कार्तिक १० गते सोमवार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाण्डौ, १६ पौष ।  सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।

ज १ त ९८७६ नम्बरको ट्याक्टरमा ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा बरहथवा नगरपालिका ५ घर भएका २५ वर्षीय हरेन्द्र महतो र अर्का २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।