२०८३ कार्तिक १० गते सोमवार

३० वर्षमा ६८ लाख युवा विदेशिए, १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा ३० वर्षमा ६८ लाख युवा विदेश गएका सरकारी तथ्याङ्कले देखाएको छ । वैदेशिक रोगजार विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ६८ लाख युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देश गएका हुन् ।

नेपालबाट विशेषगरी मलेसिया, खाडी र युरोपेली मुलुक पुग्ने गरेका विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार यो भारतबाहेकका अन्य मुलुकमा नेपाली युवा गएको सङ्ख्या हो । भारतमा १५ देखि १७ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी अनुमान छ । यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिई विदेश गएकाको सङ्ख्या भने सरकारी अभिलेखमा छैन ।

यसैबीच पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।