२०८३ कार्तिक १० गते सोमवार

स्वास्थ्य पुर्नस्थापना सेवालाई लुम्बिनी प्रदेश नीतिमा रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न जोड

भालुवाङ ४ पुष । स्वास्थ्य पुर्नस्थापना सेवालाई प्रदेश नीतिमा रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न जोड दिइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय र नेपालगन्ज मेडिकल कलेजको समन्वयमा शारीरिक पुर्नस्थापना सेवा प्रदायक संघ काठमाडौंले बुधबार दाङको भालुवाङमा आयोजना गरेको प्रदेश स्तरीय शारीरिक पुर्नस्थापना सेवा सम्बन्धि सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका छन् ।

सहभागीहरूले सरकारी कार्यालयहरूबाट प्रदान गरिने स्वास्थ्य पुर्नस्थापनाका सेवाहरू प्रभावकारी नभएकोले त्यसलाई प्रभावकारी बनाउन अब लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर त्यसको कार्यान्वयन गरे मात्र त्यो प्रभावकारी हुने बताएका थिए । कार्यक्रममा स्वास्थ्य पुर्नस्थापना सेवा केन्द्रलाई कसरी प्रभावकारी तथा सर्वसुलभ बनाउने र स्वास्थ्य पुर्नस्थापना सेवा अपांगता भएका व्यक्ति लगायत सवैलाई आवश्यक पर्ने भएकोले सरकारी स्तरबाट नै सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्न जोड दिएका थिए ।

शारीरिक पुर्नस्थापना सेवा प्रदायक संघका कार्यसमिति सदस्य कपिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका डा। अच्युत शर्मा, डब्लु एच ओ का प्रतिनिधि शंकुक भट्ट, सामाजिक विकास मन्त्रालय प्रशासन शाखाका धिरेन्द्र गिरी, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका संदिप न्यौपाने, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायतका वक्ताहरूले स्वास्थ्य पुर्नस्थापना सेवा सम्बन्धि हालको अवस्था र सुधार गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता रामलाल धामीले गरेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक धिरेन्द्र विकेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।