२०८३ कार्तिक १० गते सोमवार

टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा आएका गलत सूचनाबाट सचेत रहन आग्रह

काठमाण्डौ, ४ पौष । नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ । टेलिकमले विज्ञप्ति निकालेर ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको प्रचार झुटो भएको जनाएको छ । टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स ट्विटर र आधिकारिक वेबसाइट मात्र आधार मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।