तुलसीपुर, २८ मंसिर । चिसोबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन डाक्टरले अनुरोध गरेका छन् । विशेषगरी चिसोका कारण बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई छिटै स्वास्थ्य समस्या हुने भएकाले सुरुदेखिनै जोगाउनुपर्नेमा डाक्टरले जोड दिएका हुन् ।
बाल रोग विषेशज्ञ डा. मुकेन्द्र झाले बालबालिकालाई चिसोबाट जोगाउन सकेसम्म बिहानको समयमा कोठाबाट बाहिर ननिकाल्ने, हातमा पन्जा र खुट्टामा मोजा अनिवार्य लगाइदिने गर्नुपर्ने बताउनुभयो । यस्तै उनीहरूको कान छोप्नुपर्नेमा जोड दिनुभयो । बालबालिकामा चिसोको समयमा रुघाखोकी, झाडापखला, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने गरेको उहाँको भनाइ छ ।
सानैमा निमोनिया भए भविष्यमा श्वासप्रश्वाससँग सम्बन्धीत समस्या दोहोरिरहने भएकाले विशेष ख्याल गर्न उहाँले सुझाव दिनुभयो । चिसोबाट जोगाउन नसक्दा गभ्भीर समस्या देखिएर मृत्युसम्म हुनसक्ने भन्दै डाक्टर झाले चिसोबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । यस्तै रुघाखोकी लागेका व्यक्तिले साना बच्चाको नजिक जाँदा विशेष ख्याल गर्न पनि उहाँले सुझाव दिनुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।