२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरको पिपलबोट नजिकै सडक मिचेर व्यापार गर्दा दुर्घटनाको जोखिम 

तुलसीपुर, २४ मंसिर ।  दाङको  तुलसीपुर स्थित पिपलबोटको उकालो नजिकै सड मिचेर व्यापार गर्दा दुर्घटनाको ठूलो जोखिम बढेको छ । केही वर्ष यतादेखि उकालोको उत्तर तर्फ छेउमा एक जना व्यवसायीले सिजन अनुसार तरकारी र फलफूल बिक्री गर्दै आइरहेका छन् । एकातर्फ साँघुरो सडक र अर्को तर्फ सवारीको अत्याधिक चापका कारण सडकमा उभिएर फलफूल किन्ने सर्वसाधारण नागरिक जुनसुकैबेला पनि दुर्घटनामा पर्न सक्ने जोखिम रहेको तुलसीपुर उपमहानगरपालिका –५ का वडा सदस्य युवराज नेपालीले बताउनुभयो ।

बजार व्यवस्थापन समितिको सदस्य हुँदा सडक पेटी मिचेर व्यापार गर्नेलाई कारबाही गर्न थालेपछि आफुलाई हटाएको गुनासो गर्दै वडा सदस्य नेपालीले त्यसपछिबाट झनै सडकपेटी मिच्ने प्रवृति बढेको बताउनुभयो । सुरुसुरुमा थोरै फलफूल र तरकारी राखेर व्यापार गर्दै आएका व्यवसायीले व्यापारको कारोबार ह्वात्तै बढेपछि पहिलाको तुलनामा अहिले दोब्बर ठाउँ ओगोटेका छन् । व्यवसाय गर्दै आएको ठाउँ, सडक क्षेत्र भएपनि जमिनको सतह नमिलेका कारण अग्लो र होँचो भएकाले उक्त ठाउँलाई घरधनीको आडामा ओगटेको बताईन्छ । 

‘व्यापारीले सडकको ढिकसम्म फफुल राखेर व्यापार गरिरहेको हुन्छ । किन्ने मान्छेहरू सडकमा उभिएर किनिरहेका हुन्छन् । एकातिर साँघुरो सडक अर्को तर्फ गाडीको अत्याधिक चाप हुन्छ अनि पैदल यात्रुले तिनै किनमेल गर्ने  व्यक्ति र गाडीलाई छिचोल्दै सडक वारपार गर्नुपर्छ । जसले गर्दा दुर्घटनाको सम्भवाना धेरै छ ।’ साइनो पसलका सञ्चालक प्रतिमा घर्तीले भन्नुभयो ।

पिपलबोट नजिकै  विभिन्न समयमा गाडीको ठक्करबाट फलफूल व्यापारी सहित ३ जनाको मृत्यु भएपछि  ८ वर्ष अघि पिपलबोट नजिकै रहेको  ढ्याब्ली (घुम्ति) सहित त्यहाँबाट फलफूल व्यवसायीलाई हटाइएको थियो । जहाँ अप्ठेरो  र साँघुरो छ त्यही व्यापार गर्न थालेपछी त्यसले आमजनमानसमा चिन्ता बढाएको छ ।

सामान किनमेल तथा काम विशेषले बजार प्रवेश गर्ने र बसपार्कबाट जिल्ला बाहिरिने सयौं सवारी साधनका कारण उक्त सडक अन्य सडक भन्दा निकै व्यस्त मानिन्छ ।  यता तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले वस्तुस्थिति बुझेर प्रकृया अघि बढाउने बताउनुभयो । 

 

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।