२०८३ कार्तिक १० गते सोमवार

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

काठमाण्डौ, २३ मंसिर २३। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो । त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।