नेपालमा दैनिक औसत ७ जना महिला तथा बालिका माथि बलात्कारका घटना

काठमाडौँ, २१ मंसिर । नेपालमा दैनिक औसत ७ जना महिला तथा बालिका माथि बलात्कारका घटना हुने गरेको पाईएको छ । महिला पुर्नस्थापना केन्द्रमा (ओरेक नेपाल) ले सार्वजनिक गरेको महिला माथि हुने हिंसाको वर्तमान अवस्था समेटिएको पुस्तक अन्वेषीमा गत आर्थिक वर्ष २०८०÷०८१ मा को २ हजार ५ सय ७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको उल्लेख छ ।

यस हिसावले नेपालमा दैनिक औसत ७ जना महिला तथा बालिका माथि बलात्कारका घटना हुने गरेको छ । गत एक वर्षमा ओरेकमा मात्रै १८५ वटा बलात्कारको उजुरी दर्ता भएको छ । जसमध्ये ४६ प्रतिशत कोशी प्रदेशबाट दर्ता भएको छ । २२ प्रतिशत मधेश प्रदेशबाट, १६ प्रतिशत कर्णाली प्रदेशबाट र बागमती, लुम्बिनी र सुदूपश्चिम प्रदेशबाट पाँच प्रतिशत र सबैभन्दा कम एक प्रतिशत गण्डकी प्रदेशबाट उजुरी परेको छ । भएको कानुन कार्यान्वयनमा देखिएका चुनौतीहरूले न्यायमा पीडितको पहँुच नभएको अधिकारकर्मी शर्मिला महर्जनले बताउनुभयो ।

मुलुकी अपराध संहिता २०७४ ले बलात्कारका पीडितलाई उमेरगत वर्गीकरण गरी समय सीमासम्म कैद सजायको व्यवस्था गरेको छ, जसमा १० वर्ष मुनिका बालिका तथा विशेष परिस्थितिमा हुने बलात्कारका लागि आजीवन कैदसम्मको सजायको व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया