२०८३ कार्तिक १० गते सोमवार

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाण्डौ, १२ मंसिर । सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो । कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् । देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ ।

अहिले औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको छ ।कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ । नयाँ व्यवस्था अबको तीन महिनापछि कार्यान्वयनमा ल्याउने कोषको तयारी छ ।

कोष कार्यान्वयनमा आएको ६ वर्ष पूरा हुँदा १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार र वैदेशिक रोजगारमा रहेका १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।