२०८३ कार्तिक १० गते सोमवार

अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र जारी

काठमाण्डौ, ७ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो । परिपत्रमा अस्पतालहरूले आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न र सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनेको छ । शल्यक्रिया शुल्क, शैय्याको विवरण, रेडियोलोजी र ल्याब सेवा तथा अन्य सेवाका शुल्कसमेत स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ । मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीका अनुसार विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा अनुगमन गरिने र शुल्क सार्वजनिक नगर्ने वा तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा नियमानुसार कारबाही हुने उहाँले बताउनुभयो ।परिपत्रअनुसार सबै प्रकारका टिकट तथा सेवाका विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।