२०८३ कार्तिक १० गते सोमवार

लुम्बिनी प्रदेशका ६१ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या

देउखुरी, ६ मङ्सिर । लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका ६१ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ ।अध्ययनको तथ्याँक अनुसार १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिमा आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या हुने देखिएको छ भने ५४ प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्याका लक्षण तथा पाँच प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा डिप्रेसनका लक्षण देखिएको थियो । दिगो विकासमा आत्महत्या रोकथाम तथा न्यूनीकरणलाई सूचकका रूपमा उल्लेख गरिएको छ तर सरकारी तथा गैरसरकारी निकायले यस समस्यालाई समाधान गर्ने गरी प्राथमिकताका साथ कार्यव्रmम बनाउन सकिरहेका छैनन् । आर्थिक वर्ष २०७९र८० मा छ हजार ९९३ जनाको आत्महत्याबाट मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ । जस अनुसार प्रतिएक लाख नेपालीमा २४ जना आत्महत्याको घटना रहेको भन्दै समस्या समाधान गर्ने गरी कार्यक्रम बनाउन सुझाव दिइएको छ । यसैविच लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदामाथि छलफल अघि बढाइएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।