२०८३ कार्तिक १० गते सोमवार

धुलो लागेको भन्दै  घोडाको सालिक गरियाे सरसफाइ 

दाङ, ५ मंसिर । घोराही बजारको ट्राफिक चोकमा रहेको घोडाको सालिक धुलाम्य भएको भन्दै सरसफाइ गरिएको छ । लामो समयदेखि सडकको धुलो र धुवाँका कारण घोडाको सालिक फोहर भएको भन्दै तुलसीपुर उपमहानगरपालिका –७ जितपुर निवासी सामाजिक अभियन्ता उपेन्द्र पौडेल र उहाँकी धर्मपत्नी सरिता पौडेलले सफा गर्नुभएको हो । घोडा हाम्रो संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै सामाजिक अभियन्ता पौडेलले जीवको सम्मान स्वरूप सालिक सरसफाइ गरेको बताउनुभयो । पौडेलले रचनात्मक कार्य मार्फत सम्बन्धित निकायलाई खबरदारी गर्दै आउनु भएको छ ।  

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।