२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

दाङ १२ कार्तिक । दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैयामगरले प्रहरीको हिरासत कक्ष मै आत्माहत्या गरेका छन् । गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन् ।

प्यूठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान पचभैया मगरले प्रहरी हिरासत कक्षको शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

उनले आज बिहान करिब ५ बजे झुण्डिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आरोपित पचभैया सहित आर्को एक जनालाई पनि केही दिन अघि प्रहरीले पक्राउ गरी दाङ(देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।