२०८३ मङ्सिर १० गते बिहिवार

महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा

सामुदायिक वनलाई संबद्र्धन गरेर आयआर्जनमा जोड्न आग्रह

तुलसीपुर ३ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका ८ र ९ मा रहेको महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा भएको साधारण सधामा बोल्ने वक्ताहरुले सामुदायिक वनलाई संवद्र्धन गर्नु पर्ने बताएका छन् । वर्र्षाैदेखि सधैँ संरक्षण गर्दै आएको सामुदायिक वनलाई संबद्र्धन गरेर आयआर्जनको बाटो बनाउनु पर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकाले पर्यापर्यटनको माध्यमबाट धेरै सामुदायिक वनहरुले आर्थिक रुपमा आयआर्जन गरिरहेको भन्दै महालक्ष्मी सामुदायिक वनलाई पशुपंक्षी पालन गरेर आर्थिक रुपमा आयआर्जन र रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । जिल्ला वन महासंघ दाङका सदस्य भूप बहादुर केसीले उपभोक्ताले बनाएको सामुदायिक वनमा राज्यले कुदृष्टि लगाउन थालेको बताउनु भयो । सामुदायिक वनप्रति सरकारले हेर्ने गिद्धेदृष्टिलाई असफल बनाउन सामुदायिक वन उपभोक्तालाई सचेत भएर गतिविधि संचालन गर्न आग्रह गर्नु भयो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ तथा स्थानिय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराले सामुदायिक वन उपभोक्ता समुहले पुण्य र महान काम गरेको भन्दै वनबाट दाउरा र घाँस ल्यानउमा मात्रै सीमित नराख्न आग्रह गर्नु भयो ।

सामुदायिक वन जोगिनु भनेकै उपभोक्ताको देन भएको बताउँदै सर्वद्धन गरेर आर्थिक रुपमा बलियो बन्नुपर्ने उहाँको भनाइ छ । वनका सल्लाहकार प्रदीप वलीले वनबाट आर्थिक समृद्धितर्फ लैजान सक्ने तर्फ ध्यान जरुरी रहेको भन्दै आधुनिकताबाट पुरातन संस्कृति तर्फ फरिर्कनु पर्ने बताउनु भयो । उहाँले विकास गर्नका लागि केही विनाश गर्नै पर्ने हुँदा केही विनाश गरेर विकास गरेमा थोरै विनाशले पछि गएर धेरै विकास हुने बताउनु भयो ।

साधारण कार्यक्रममा महालक्ष्मी सामुदायिक वनका पूर्व अध्यक्ष दुर्गा प्रसाद बस्याल, मोहनलाल पाण्डे, तारा प्रसाद देवकोटा, मुकुन्द प्रसाद काफ्ले, वन प्राविधिक कमला सापकोटा, सरस्वती टोल विकास संस्थाका अध्यक्ष जीवन केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । भने जेष्ठ नागरिक, वनका पूर्व पदाधिकारीहरु, इमानदार उपभोक्ता लयागतलाई पनि सम्मान गरिएको थियो । वनका उपाध्यक्ष देवीसरा वलीको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्व सचिव मेघराज पाण्डेले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।