२०८३ मङ्सिर ११ गते शुक्रवार

खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण गोष्ठि

प्रत्येक टोलमा समिति गठन

तुलसीपुर, ३० साउन । खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण गोष्ठि तुलसीपुर–८ अश्वारामा सम्पन्न भएको छ । सो अवसरमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले दाङमा खानेपानी आयोजनाको वर्तमान अवस्था, उपभोक्ता समितिको भूमिका, मुहानको संरक्षण, पानी सुद्धिकरण, पानीजन्य रोगबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी गोष्ठिमा भिमसेन मेट्रो हस्पिटलका सिनियर अहेव सिन्धु हमालले डेंगु, यसका लक्षण, बच्ने उपाय र सरफाइका विषयमा जानकारी दिनुभएको थियो । त्यस्तै खानेपानीका सचिव ओपेन्द्र बस्नेतले भौतिक प्रगति, आयोजना सम्पन्न गर्दा देखिएका चुनौति र भावि योजनाका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो । खानेपानी समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा भएको गोष्ठिमा सहसचिव जया घर्ती र सदस्य टेकनाथ कँवरले सहीजकरण गर्नु भएको थियो ।

सरसफाइ समिति गठन
त्यसैगरी सो अवसरमा चारवटा टोलमा सरसफाइ समिति गठन गरिएको छ । गौरी टोल विकास संस्थामा सुरमा बस्नेतको संयोजकत्वमा ३ सदस्य सरसफाइ समिति गठन गरिएको छ । जसको सदस्यमा शान्ति वली र पुतली बुढाथोकी रहनुभएको छ । त्यसैगरी सृजना टोलमा कुलबहादुर बस्नेतको संयोजकत्वमा ४ सदस्य सरसफाइ समिति गठन गरिएको छ । जसको सदस्यमा अमरबहादुर बस्नेत, तेजकुमारी शर्मा र केशव खड्का रहनु भएको छ ।
त्यसैगरी एकता टोल विकास संस्थामा चेत प्रसाद सापकोटाको संयोजक्तवमा ३ सदस्य सरसफाइ समिति गठन गरिएको छ । जसको सदस्यमा मिना डाँगी र मिना गिरी रहनु भएको छ । त्यसैगरी दिपज्योतिमा वासु न्यौपानेको संयोजकत्वमा ३ सदस्य समिति गठन गरिएको छ । जसको सदस्यमा सरस्वती पाण्डे, खेमराज न्यौपाने रहनु भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।