२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुर आउदै गरेको बस दुर्घटना हुदा २२ जना घाइते

तुलसीपुर, २८ श्रावन ।  बुटवलदेखी दाङको तुलसीपुर आउदै गरेको बस दुर्घटना हुदा २२ जना घाइते भएका छन् । तुलसीपुर–५ बस्ने बर्ष २१ की जयन्ती रोका, तुलसीपुर–१५ बस्ने बर्ष ५४ को डबल बहादुर, लमही–८ बस्ने बर्ष २७ की सविना अधिकारी, बर्ष ३ की प्रिन्सा भट्टराई, घोराही–१४ बस्ने बर्ष ३५ की मनमाया बुढा, घोराही–२ बस्ने बर्ष ४६ की माया शाह, घोराही–१३ बस्ने बर्ष २५ की सृजना भुजेल, घोराही–१५ बस्ने बर्ष २५ को रिजवान सलमानी, बर्ष १५ की सन्जु दसौदी, सह चालक घोराही–११ बस्ने बर्ष २२ को संगम खडका, घोराही–१ बस्ने बर्ष २५ की मिरा कुँवर योगी, उहाँको बर्ष २ को सिनास कुँवर रहेका छन् ।

यस्तै बंगलाचुली–७ बस्ने बर्ष २६ को मनोज थापा मगर, लमजुङको राईनास–६ बस्ने बर्ष ४० की नेबिसा बुढाथोकी, बर्ष ४० को बाबुराम कार्की, कपिलबस्तु बुद्धभुमी–९ बस्ने बर्ष ३१ की उसा अर्याल, बर्ष ६० को भोजराज पौडेल, बर्ष २४ की रिता खनाल, बाँकेको जानकी गाउँपालिका–३ बस्ने बर्ष ३१ को लक्ष्मी नारायण, बर्ष ३१ को रामसाह काँदु, गुल्मी रेसुङगा नगरपालिपा–३ बस्ने बर्ष ३० को शमशेर थापा, बर्ष ५६ की भिमा कुमारी थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुटवलदेखि तुलसीपुरतर्फ आउदै गरेको लु १ ख ८४१२ नम्बरको यात्रुवाहक घोराही–१७ बेलभार फेमश पेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो । बसमा जम्मा २७ जना यात्रु सवार रहेकोमा २२ जना घाइते भएको र उनीहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।