२०८३ कार्तिक १२ गते बिहिवार

दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु

तुलसीपुर, २७ श्रावन ।  दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बिष्णुपुर निवासी ११ बर्षीय अनिष विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बौलाह खोलामा साथीहरूसंग नुहाउन गएको अवस्थामा शनिवार दिउँसो साढे २ बजेतिर सोही खोलामा डुबेर बालकको मृत्यु भएको हो ।

खोलामा डुबेर बगेका बालकको शव शान्तिनगर–५ रगैजास्थित सिचाईबाँधमा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) अजयजंग थापाले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।