२०८३ कार्तिक १२ गते बिहिवार

घरको छतमा खेल्दै गरेका बालकको करेन्ट लागेर मृत्यु

रौतहट, २६ श्रावन ।  घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका–४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका बालकको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।